युएईमा शैक्षिक सहयोगार्थ एसएमएस धमाका हुने

अनिस तामाङ
२८ जेष्ठ २०७६, मंगलवार ०८:२०

युएई – तामाङ समुदायको छाता संगठन तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ तेस्रो एसएमएस धमाका कार्यक्रम गर्ने भएको छ ।

तामाङ समुदाय राजनैतिक, आर्थिक र सामाजिक रुपमा पछि पर्नुको कारण शिक्षामा पहुँच नपुगेको ठहर गर्दै समाजले सन् २०१२ देखि सपोर्ट माई स्कुल अर्थात एसएमएस धमाका कार्यक्रम मार्फत राज्य र विभिन्न निकायको पहुँच नपुगेका तामाङ समुदायको बाहुल्यता भएका विकट स्थानका विद्यालयहरुमा निरन्तर आर्थिक सहयोग गर्दै आइरहेका छन् ।

यस वर्ष शिक्षाको लागि सांगीतिक अभियानलाई निरन्तरता दिदै एसएमएस धमाका-२०१९ सांस्कृतिक कार्यक्रम युएईको राजधानी आबुधाबी स्थित मलायली समाज हल, मुसाफामा ५ जुलाई २०१९, शुक्रबार हुने भएको छ ।

कार्यक्रममा नेपालबाट अमन्त्रित अतिथि कलाकार सुरेश लामाको साथमा रोजगारीको शिलशिलामा युएईमा रहेको कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

समाजले हाल सम्म एसएमएस कार्यक्रमबाट बिभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरूलाई आर्थिक सहयोग उपलब्ध गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*