विश्वकपमा श्रीलंकाको पहिलो जीत

तामसालिङ खबर
२२ जेष्ठ २०७६, बुधबार ०९:३४

एजेन्सी – १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जीत दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा अफगानिस्तानलाई डिएल मेडथको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो।

बेलायतको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रन बनाएपनि टोलीको हार जोगाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १ सय ८७ रनको नयाँ लक्ष्य दिएको हो ।

जितसंगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने बंगलादेशले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*