तेस्रो सातामा ‘जात्रै जात्रा’ देशबिदेशमा माग बढ्दो

तामसालिङ खबर
२१ जेष्ठ २०७६, मंगलवार ०७:४१

काठमाडौ – प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्र जात्रै जात्रा तेस्रो सातामा प्रवेश भएको छ । ‘वर्ड अफ माउथ’ र रिभ्युले गर्दा फिल्म हेर्ने दर्शकमा कमि आएको छैन । पछिल्लो समय निर्माण भएका फिल्ममा यसले समिक्षक र दर्शक दुवैको मन जित्न सफल भएको छ । यसैले गर्दा फिल्म स्वदेश तथा विदेशमा ‘हाउसफुल’ का साथ् प्रदर्शनरत छ ।

फिल्ममा निकै चर्चामा रहेको ‘३३ किलो सुन काण्ड’ लाई जोडिएको अघिल्लो भागसँग वस्तुसंगत रुपमा जोडीएको छ । सामान्य व्यक्तिले सुन पाएपछि आउने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।

फिल्मलाई तेस्रो सातामा पनि उल्लेख्य शो प्राप्त भएका छन् । राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत २१ शो प्राप्त भएको छ । क्युएफएक्स अन्तर्गत लबिम मलमा ५ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा ४ शो र जयनेपालमा ४ दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई १ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा २, क्युएफएक्सको विर्तामोडमा रहेको वानस्टप सिनेमामा ३ शो र नारायणघाटमा रहेको जालमामा ४ दिएको छ ।

राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ५ शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ५ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ ।

यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा २ शो , हेटौडामा रहेको एनएस सिनेमामा १ शो प्राप्त भएको छ । तेस्रो सातामा प्रवेश गर्ने फिल्मले यस्तो शो पाउनुको कारण नै ‘वर्ड अफ माउथ’ हो । फिल्म हेरेका दर्शकले राम्रो छ भनेपछि दर्शक बढ्दो छन् ।

फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*