प्रधानमन्त्री कृषि परियोजनको लागि ८ अर्ब १० करोड विनियोजन
काठमाडौ – सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रधानमन्त्री कृषि परियोजनालाई संरचनात्मक सुधार गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै परियोजनाको लागि सरकारले ८ अर्ब १० करोड विनियोजन गरेको छ ।
यसैगरी सरकारले उखु उत्पादक किसानलाई पनि उत्पादनका आधारमा अनुदान दिने भएको छ । उत्पादनको आधारमा अनुदान दिन सरकारले ९५ करोड रुपैयाँ विनियोजन गरको छ ।