बृद्धभत्ता १ हजार बढ्यो

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार १८:१२

काठमाडौं – आर्थिक वर्ष ०७६–०७७ को बजेटमार्फत सरकारले एक हजार बृद्धभत्ता बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रम अनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलित/कर्णालीका जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासी/जनजाती र बालबालिका समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*