निर्यातजन्य वस्तु–सेवाको सम्भाव्यता बारे हेटौँडामा अन्तरक्रिया

तामसालिङ खबर
११ जेष्ठ २०७६, शनिबार ०९:१५

हेटौँडा/ ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडामा निर्यातजन्य बस्तु तथा सेवा सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौंको संयुक्त अयोजनामा कार्यक्रम भएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ३ नं. प्रदेश स्तरबाट निर्यात सम्भाव्य तथा आयात प्रतिस्थापन गर्न सक्ने बस्तु तथा सेवाको विस्तृत अध्ययन गरी प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी गर्ने कार्य गरिरहेको छ । सो अध्ययनको जानकारी तथा रायसुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले ३ नं. प्रदेश स्तरबाट निर्यात सम्भाव्य तथा आयात प्रतिस्थापन गर्न सक्ने बस्तु तथा सेवाको विस्तृत अध्ययन गरी तयार पारेको प्रादेशिक प्रतिवेदन विश्लेषणात्मरुपमा प्रस्तुत गरेका थिए । उनले कुल ग्राहस्थ उत्पादनमा ३ नं. प्रदेशले ४१.३६ प्रतिशत हिस्सा ओगटेको र अन्य प्रदेशहरुको १५ प्रतिशत भन्दा तल रहेको बताएका छन् । नेपालबाट धागो, गलैचा, तयारी पोशाक, फलाम तथा स्टिल, अलैंची, जुस, चिया, कपडा, पश्मिना सल, जुट व्याग, रोजिन र रेजिन, फेल्ट, जुत्ताचप्पल, तामाका सामान, जडिबुटी, मुसुरो, छाला, चाउचाउ, दन्तमन्जन, अदुवा, हस्तकला, टोपी, नेपाली कागज, मासु, सार तेल, सूती झोला, चाँदीका गहनालगायत अन्य बस्तुहरु विदेश निकासी भइरहेको उनले बताए । जसमध्ये ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, टुथपेष्ट, तेल, पेय पदार्थ, हस्तकलाका सामानहरु, जडिबुटी तथा सारयूक्त तेल, प्लाष्टिकका बस्तुहरु प्रमुख निर्यात भइरहेको छ । त्यसैगरी पेट्रोलियम, फलाम तथा स्टिल, मेशिनरी पार्टस, यातायातका साधन, विद्युतीय सामान, अन्न, सञ्चारका साधन, सुन, सिमेन्ट क्लिङ्कर, औषधि, हवाईजहाज र पार्टस, पोलिथिन ग्रनुयल्स, तयारी पोशाक, मल, भटमासको कच्चा तेल, रसायन, कपडा, चाँदी, रबर, आलमुनियम, तामा, जिङ्क, रायो सरस्यू, कच्चा पाम तेल, कपास, उन, फ्याटी एसिड, सिमेन्टलगायत अन्य बस्तुहरु अयात भइरहेको उनले बताए । मकै र कोदोमा आत्मनिर्भर भएपनि धानमा ठूलो परिमाण आयातमै निर्भर रहन परेको उनले जानकारी दिए ।

त्यस्तै प्रमुख अतिथी सांसद प्रेम बहादुर पुलामी छिन्तुले उत्पादनको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने भन्दै विभिन्न दृष्टान्त अभिव्यक्त गरे । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन, उत्पादनमा लाग्न सबैलाई उनको आग्रह रहेको थियो । संघका अध्यक्ष कटुवाल, कार्यक्रमका प्रमुख अतिथि प्रेम बहादुर पुलामी छिन्तु, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक शर्मा, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव रघुराम पराजुली, कार्यसमिति सदस्य कृष्ण ढुंगाना, युरेशियन फुड्स प्रालिका उत्तम प्रसाद कुइकेल, ग्या“सिका टेक्सटाइलका बासु न्यौपाने, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष समिरलाल डंगोललगायतले मन्तव्य राखेका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्वमा भएको कार्यक्रममा ३ नं. प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता रहेको थियो भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविनराज शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्य विष्णु खनाल, महिला उद्यमी विकास समितिका सभापति निलम वैद्य, कार्यसमिति सदस्य माधव ज्ञवाली, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुल प्रसाद चौलागाई, रुपकराज दहाल, सुनिल अधिकारी, नरेन्द्र भण्डारी, संघका एशोसिएट सदस्य फर्मका प्रतिनिधिहरु, बस्तुगत तर्फका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत उद्योगी–व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*