मकवानपुरगढीमा सार्वजनिक सुनुवाई कार्यक्रम सकियो
हेटौडा (मकवानपुरगढी) – मकवानपुरगढी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा एस.एम.एस. मिडिया प्रा लि.को संयोजनमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
सार्बजनीक सुनुवाई कार्यक्रममा गढीका बासिन्दाहरुले गाउँमा भएका गतिबिधि दैबिक प्रकोपले गर्दा असर पर्ने नदि नियन्त्रणका कुरा, विकाश निर्माणको कार्यप्रति चासो नदिएको कुरा, सवारी पटके करको विषय, सामरीपुल अलपत्र पारेर चासो नदिएको लगाएतका कुरामा जनप्रतिनिधिहरु संग प्रश्न गरेका थिए ।
पुलको हकमा धादिङ्ग पुल, निर्माणाधीनमा थप ८४ लाख थप निकासा असारसम्म हुने बिजुली खानेपानीका विसयमा योजना रहेको अस्पतालको लागी डीपिआरको तयारीमा भएको शिवम सिमेन्ट संग करिब ४ करोड रुपैयाँको काम गर्ने वडा न. १ मा खाने पानी लागायतमा योजना रहेको गाउपालिकाको अध्यक्ष बिदुर हुमागाइले प्रस्ट पारेका थिए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५-०७६ मा गाउँपालिकामा भएका विकास निर्माण लगायतका कामहरुको बारेमा मकवानपुरगढी गाउँपालिकाका प्रसाशकिय अधिकृत भीम परियारले जानकारी गराएका हुन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिका दाहालको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रम रमेश बञ्जाराले संचालन गरेका थिए ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्ने र स्थलगत सर्वेक्षणको प्रस्तुति कृष्ण सारु मगरले गरेका हुन् ।
सार्बजानिक सुनुवाई कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको प्रमुख आतिथ्यतामा भएको थियो । गाउपालिकाको १ नम्बर वडा देखि ८ नम्बर वडा सम्मको वडाअध्यक्षहरु लगायत शिक्षा समिति सदस्य समाजसेवी दोर्जे लामा स्याङ्तान, वरिष्ठ पत्रकार प्रताप विष्ट लगायतको सहभागी रहेको थियो ।