सवारी चालक अनुमतिपत्र हेटौडाबाट नै पाइने, मुख्यमन्त्री पौडेलद्वारा औपचारिक शुरुवात

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार ०९:२२

हेटौंडा– तिन नम्बर प्रदेशको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी चालक अनुमति पत्र दर्ता लगायत नवीकरण सुरु गरेको छ । हेटौंडाको थानाभ¥याङमा रहेको कार्यालयले बुधबार बिहान एक कार्यक्रमकाबीच मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक रुपमा सेवा सुरुवात गर्नुभएको छ ।

यातायात व्यवस्था विभागको चालक अनुमति पत्र दर्ता तथा नवीकरण प्रणालीमा कार्यालयको प्रणाली जोडिएपछि सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण सेवा सुरु गरेको हो । यसअघि सवारी चालक अनुमति पत्रको दर्ता तथा नवीकरणका लागि वीरगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो ।

अब नया सवारी चालक अनुमति पत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । कार्यालयबाट जुनसुकै सवारीको नवीकरण, दर्ता, रुट इजाजत, पटके सेवा तथा सवारी अनुमतिपत्र नवीकरण गर्ने काम नियमित भइरहेको छ । कार्यालयबाट यसै आर्थिक बर्षभित्र लाइसेन्स वितरण समेत सुरु हुने जानकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*