मैत्रिपूर्ण दुई खेलको लागि राष्ट्रिय टोली घोषणा, विमल र भरत परेनन्

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार २०:४३

हेटौँडा – मलेसिया र चाइनिज ताइपेइविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । टोलीमा स्टार फरवार्ड विमल घर्तिमगर, हेमन गुरुङ र भरत खवासले स्थान बनाउन सकेनन् ।

उनीहरु पूर्ण रुपमा फिट नभएका कारण टोलीमा नपरेको प्रशिक्षक कालीनले बताएका छन् । तीनै खेलाडी गत साता विश्राममा रहेर पछिल्लो केहि दिन हल्का प्रशिक्षणमा सामेल भएका थिए । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग खेल्दैछ ।

छनौट भएका खेलाडीहरुमा गोलरक्षकमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु, डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, र रवी सिलवाल रहेका छन् ।

त्यस्तै, मिडफिल्डर र फरवार्डमा तेज तामाङ, सुनिल बल, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, सुजल श्रेष्ठ, विमल राना, रविशंकर पासवान, अभिषेक रिजाल, अन्जन विष्ट, र नवयुग श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*