बरामद गरिएको चितुवाको छाला, बन कार्यालयलाई बुझाइयो

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार १८:२३

दोलखा – बरामद गरेको संरक्षित वन्यजन्तु चितुवाको छाला सशस्त्र प्रहरी बल दोलखाले डिभिजन वन कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी बल दोलखाले गत बुधबार दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा साढे ५ फिट लामो चितुवाको छाला बरामद गरेको थियो । उक्त छाला आइतबार डिभिजन वन कार्यालय बुझाइएको हो ।

छाला बिक्रीका लागि ल्याउँदै गरिएको छाला सशस्त्र प्रहरी नायब निरीक्षक बद्रीबहादुर सोडारीको नेतृत्वको टोलीले बरामद गरेको थियो । छाला बोक्ने व्यक्ति भने फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक किरणकुमार कठायतले बताए । फरार व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

गत भदौ १८ गतेमा दोलखामा स्थापित सशस्त्र प्रहरी बल दोलखाले जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी निकासी पैठारी नियन्त्रण, महत्त्वपूर्ण संरचनाको सुरक्षा, सीमा सुरक्षासहित वन्यजन्तु अपराध नियन्त्रण लगायतको सुरक्षा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*