अयोग्य प्राध्यापकलाई बर्खास्त नगरेसम्म ताला नखुल्ने

तामसालिङ खबर
६ जेष्ठ २०७६, सोमबार ०५:२३

हेटौडा – हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसको प्रशासन, शुल्क काउण्टर र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) मकवानपुर क्याम्पस इकाइले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसमा अध्यापन गराइरहेका अयोग्य प्राध्यापकहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्नेसहित विज्ञप्तीम विभिन्न मागहरु उल्लेख गरिएको छ । क्याम्पस मा अयोग्य प्राध्यापकहरुले पढाइरहेको विषय अहिले निकै चर्चामा रहेकोले छानविन गरी अयोग्य प्राध्यपाकहरुलाई तुरुन्त बर्खास्त गर्नुपर्ने माग अघि सारिएको बिज्ञप्तिमा उल्लेख छ ।

क्याम्पसमा अध्यापन गराइरहेका अयोग्य प्राध्यापकहरुलाई बर्खास्त नगरेसम्म क्याम्पसमा लगाइएको ताला नखुल्ने बताएको छ ।

बिज्ञप्ति हेर्नुस:

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*