नेकपा मकवानपुरको १ सय ४५ सदस्य (नामावली हेर्नुस)
हेटौडा – नेपाल कम्युनिष्ट पार्टि (नेकपा) तिन नम्बर प्रदेश समितिको वैठकले नेकपा मकवानपुरको जिल्ला कार्य समितिको एकता प्रक्रिया टुङ्ग्याएको छ ।
आइतबार बसेको नेकपाको प्रदेश कमिटिको वैठकले जिल्ला कमिटिमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबाट गरि १ सय ४५ जनाको नाम टुङ्ग्याएको हो । जिल्ला कमिटिको अध्यक्षमा तत्कालिन एमालेकी जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिवमा तत्कालिन माओवादी केन्द्रका जिल्ला संयोजक प्रेम बहादुर पुलामी “छिन्तु” सचिव रहेका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रमा ९५ सदस्य मध्ये ६७ जना नेकपाको जिल्ला कमिटिमा अटाएका छन् । माओवादीबाट २८ जना जिल्ला सदस्य कमिटिमा अटाउन सकेनन् । यस्तै तत्कालिन नेकपा एमालेको १ सय १० जनाको जिल्ला कमिटि मध्ये ७८ जना नेकपा जिल्ला कमिटिमा अटाएका छन् । एमालेबाट २२ जना कमिटिमा नअटाएका हुन् ।
नेकपा मकवानपुरको जिल्ला कमिटिका सदस्यहरुको नामावली: