नेपाली किशोर प्रधान इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध

तामसालिङ खबर
५ जेष्ठ २०७६, आईतवार ०७:५८

एजेन्सी – बेलायतमा बस्दै आएका नेपाली मूलका एक किशोरले वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमबाट खेल्ने भएका छन् । इंग्लिस फुटबलको सबैभन्दा उपल्लो प्रिमियर लिग खेल्ने क्लबमा १५ वर्षिय जय प्रधान आबद्ध भएका छन् ।

क्लब र प्रधानबीच आउँदो २०१९ र २०२० को सिजनका लागि औपचारिक हस्ताक्षर भएको छ । इंग्ल्याण्डको कुनै प्रिमियर लिग क्लबमा आबद्ध हुने उनी सम्भवतः अहिलेसम्मकै दोस्रो खेलाडी हुन् । यसअघि क्रिस्टल प्यालेसमा विभेस गुरुङले मौका पाएका थिए।

वाटफोर्ड फुटबल क्लबले उनलाई छनोट गर्नुअघि विभिन्न चरणमा महिनौंसम्मको छनोट प्रक्रिया चलेको थियो । वाटफोर्डको अन्डर १६ टिममा जयले सेन्ट्रल डिफेन्डर र डिफेन्सिभ मिडफिल्डरको भूमिका निभाउनेछन्।

अन्डर १६ टिमका लागि पाएको अवसर सदुपयोग गर्न सके भविष्यमा उनी मुख्य टिममै पनि छनोट हुन सक्ने सम्भावना रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*