आगामी बजेटबाट वृद्धभत्ता हटाएरै छाड्ने – अर्थमन्त्री खतिवडा
काठमाडौं – सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने नाममा कम्युनिस्ट अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्धभत्ता हटाउने अडान लिएका छन् । अर्थमन्त्री खतिवडाले सरकारी सेवासुविधा लिएका कर्मचारीका आमाबाबुलाई दिँदै आएको वृद्धभत्ता हटाउने तयारी थालेका छ ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई वृद्धभत्ता बढाउनुपर्ने चौतर्फी दबाब बढेसँगै एकीकृत सामाजिक सुरक्षा कार्यक्रममार्फत सरकारी कर्मचारीका आमाबाबुले पनि लिँदै आएको वृद्धभत्ता कटौती गर्ने तयारी गरिएको छ ।
सरकारी कर्मचारीका आमाबाबुले पनि पाउँदै आएको भत्तालाई कटौती गर्न अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलसमेत गरिसकेका छन् ।
भत्ता कटौती गर्न सके वार्षिक ५ अर्ब रुपैयाँको भार राज्यलाई कम हुन अर्थमन्त्री खतिवडाको निष्कर्ष छ । यसरी अब सरकारी कर्मचारीका आमाबुवाले वृद्धभत्ताबाट वञ्चित हुनुपर्ने भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकाय, संस्थानसम्मका कर्मचारीका आमाबाबुले पाउँदै आएको वृद्धभत्ता कटौती गर्नेगरी छलफल भइरहेको छ ।
आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत एकीकृत सामाजिक सुरक्षा कार्यक्रम ल्याउने र भत्ता कटौती गर्ने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।