कतारमा २५६३ औं बुद्द जयन्ती भव्य रुपमा सम्पन्न
दोहा – २५६३ औ बुद्ध जयन्तीको अबसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा ७५ वटा संस्थाहरुको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म जयन्तीको अबसरमा मूल समारोहको विविध कार्यक्रम सहित नेपाली राजदूतावास दोहाको सभा हलमा सम्पन्न भएको छ ।
भगवान गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा भएको कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत लक्ष्मण खनालको प्रमुख आतिथ्यमा भएको थियो ।
एनसिसि कतारका गल्फ उपसंयोजक प्रविन गुरुङ्को बिशेष आतिथ्यमा भएको कार्यकममा एनसीसी कतार, दूतावास परिवार, विभिन्न संघसस्थाका प्रतिनिधीहरु, बुद्दिजिबि, व्यवासायीहरुको उपस्थिति समारोहमा दिप प्रज्वलन गरि औपचारिक रुपमा सुभारम्भ गरिएको लामागुरुहरुद्धारा पुजापाठ गरी उपस्थित सबैलाई मोलम मन्त्र प्रवचन गरेका थिए ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कटुवालले बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, एनआरएनए एनसीसी कतारको तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा सम्पूर्ण संस्थाहरुलाई अझै बढी भन्दा बढी समेट्दै अबको कार्यक्रमहरुमा सबैलाई समावेश गराउन समन्वयकारी भूमिका निरन्तर रुपमा रहिरहने प्रतिबद्धता समेत गरेका थिए ।