मेरिल्याण्डमा उपनगर प्रमुख सिटौलाद्वारा बुद्धधर्म ग्रन्थमा सपथ ग्रहण
अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नगरपालिकामा उपनगर प्रमुखमा दोश्रो पटक बिजयी भएका किरण सिटौलाले बुद्ध धर्म ग्रन्थ दोमाङ्गमा सपथ लिएका छन् । उनले बख्खु लगाएर सपथ ग्रहणमा पुगेका थिए । उनले हिमाली भेगका सम्पूर्ण नेपाली बिशेष गरेर शेर्पा ,गुरुङ र थकाली समुदायको उच्च कदर गर्दै सपथ लिएका छन् ।
सन् २०१५ मा पहाडी पोशाक दौरा सुरुवाल र ढाका टोपी लगाएर गएका थिए । अर्को चुनाव जितेमा तराईवासीको पोशाक धोति लगाउने बचन गरेका छन् । मंगलबार मे १४ का दिन मेरिल्याण्डमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की, सिटौला परिवार, आफन्त, नातेदार, मातापिता, नेपाली समुदाय तथा आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको थियो ।
पहिलो पटक ४ बर्ष अगाडी सन् २०१५ मा उपनगर प्रमुखमा बिजयी भएका सिटौला यस पटक सन् २०१९ मा पनि उप नगर प्रमुखमा बिजयी भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सबैभन्दा पहिला उपनगर प्रमुख (भाइस मेयर )मा निर्वाचित भै ईतिहास कायम गर्ने पहिलो नेपाली पनि हुन् ।
२४ बर्ष अगाडी अमेरिका आएका ४५ बर्षिय सिटौलाले अर्को ४ बर्षको कार्यकाल सम्म सेवा गर्ने अवसर पाएका छन् । बुढानिलकण्ठबाट १० कक्षा उत्रिण गरे पछि उच्च शिक्षा को लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड आन्तरिक राजश्व विभागमा सूचना सेवामा कार्यरत छन् । @नेप्लिज