प्रदेश तीन र चीनको गान्सु प्रान्तबीच भगिनी सम्बन्ध स्थापना

तामसालिङ खबर
३१ बैशाख २०७६, मंगलवार १०:१९

हेटौडा – नेपालको छिमेकी मुलुक चीनको गान्सु प्रान्त संग नेपालको ३ नम्बर प्रदेशबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चीनको उत्तरपश्चिम भेगमा रहेको गान्सु र नेपालको मध्य भागमा रहेको ३ नम्बर प्रदेशबीच गाँसिएको भगिनी सम्बन्धलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

सोमबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङबीच काठमाडौमा हस्ताक्षर भएको हो । ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार काठमाडौं आएका थिए ।

कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धधन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसले दुई देशको सहयोग आदान प्रदानमा झनै महत्व राख्ने उनको भनाइ छ । मुख्यमन्त्री पौडेलले भने–‘ हामी चीनको अभूतपूर्व आर्थिक विकासबाट धेरै प्रभावित छौं । नजिकको छिमेकी, असल साथी र सक्रिय सदस्यको रूपमा नेपालले चीन र चीनको विकाससंगै विशेष गरी गान्सुसंग बिषेश सहकार्य गर्न चाहन्छ ।’

बर्तमान सन्दर्भमा नेपालमा अभूतपूर्व परिवर्तन आएको जानकारी दिंदै थप विकासका लागि यो सम्बन्ध थप लाभदायक हुने भनाई राखे । यो सम्बन्ध नेपाल र चीनबीचको विकास अनुभवको माध्यमबाट ऐतिहासिक सम्बन्धलाई बढावा दिन एक महत्वपूर्ण क्षेत्र हुन सक्ने मुख्यमन्त्री पौडेलले बताए।

अहिलेको सरकारलाई जनताले बिश्वास गरेर दुई तिहाईको मत दिएको जनादेशको स्मरण गर्दै विकासको गति अगाडि बढाउन यो हस्ताक्षर फलदायी हुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*