आदिवासी जनजाति महिलालाई मनहरीमा तालिम
मनहरी – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा आदिवासी जनजाति महिलाहरुको लागि नेतृत्व विकास सम्बन्धी २ दिने तालिम सुरु भएको छ । आदिवाासी जनजाति समन्वय समिति मनहरी गाउँ इकाई कमिटीको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
जनजाति महिलाहरुलाई विभिन्न क्षेत्रमा अगाडि बढाउने उद्देश्य राखेर कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष मनिला विष्टले महिला र पुरुषको तुलना गर्न नमिल्ने बताए ।
पुरुष सरह हरेक क्षेत्रमा महिलाहरु अगाडि बढिसकेको भन्दै उपाध्यक्ष विष्टले केही कारणले सिमित महिलाहरु पछि परेको उनले स्विकारिन् । पछि परेका महिलाहरुलाई अगाडि बढाउनका लागि तालिमले निकै महत्वपूर्ण भूमिका खेल्ने उपाध्यक्ष विष्टले बताईन् ।
तालिममा सहभागीहरुलाई गाउँपालिका उपाध्यक्ष मनिला विष्ट र योजना प्रमुख दिपकराज मिश्रले सहजीकरण गरेका थिए । तालिममा ३० जना भन्दा बढी आदिवासी जनजाति महिलाहरुको सहभागी छन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्ट , योजना प्रमुख मिश्र , आदिबासी जनजाति समन्वय समिति मनहरीका कार्यबाहक उपाध्यक्ष बुद्ध रत्न लामा लगायतको उपस्थिति रहेको थियो ।