पत्रकार महासंघ मकवानपुरमा नयाँ सदस्यता खुल्यो

तामसालिङ खबर
१ जेष्ठ २०७६, बुधबार १६:४१

हेटौँडा, जेठ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको बैशाख ३१ गते बसेको कार्य समिति बैठकले महासंघको नयाँ सदस्यता खोल्ने निर्णय गरेको छ । नयाँ सदस्यता खुलेसँगै जिल्लाका विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको छ ।

महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सक्ने महासंघका जिल्ला अध्यक्ष हरि हुमागाईले बताए । यही जेठ ९ गतेसम्म पत्रकार महासंघ मकवानपुरको सदस्यता फारम भर्न सकिने सचिव गणेश दर्पण अधिकारीले बताएका छन् । सदस्यताको टुंगो पत्रकार महासंघको कार्य समिति बैठकले लगाउनेछ ।

नयाँ सदस्यताका लागि फारम पत्रकार महासंघको वेभसाइट वा पत्रकार महासंघ मकवानपुरमा सम्पर्क गरी लिन सकिनेछ । सदस्य बन्नका लागि १२ कक्षा पासको प्रमाणपत्र, काम गर्दै आएको मिडिया हाउसको सिफारिस तथा नियुक्तिपत्र, काम गर्दै आएको प्रमाण (समाचार कटिङ अथवा कार्यक्रम–समाचारको क्लिप), तलब बुझेको प्रमाणको फोटोकपी, नागरिकताको फोटोकपी तथा २ प्रति फोटोका साथमा नयाँ सदस्यता सम्बन्धि फारम भरेर बुझाउनुपर्ने बताइएको छ । नयाँ सदस्यताका लागि आवश्यक फारम यहाँ डाउनलोड गर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*