राजधानी नटुंग्याएको भन्दै कांग्रेसद्वारा तिन नम्बर प्रदेशको संसद अवरुद्ध
हेटौडा – राजधानी तथा नामाकरण टुंगो नलगाएको भन्दै प्रदेश तीनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ३ को संसद अवरुद्ध गरेको छ । काग्रेसले अबरोध गरेपछि बैठक मंगलबार बस्नेगरि स्थगित भएको छ ।
यस अघि प्रदेशको हिउँदे अधिवेशमै सरकारले राजधानीको विषय टुंगो लगाउने प्रतिवद्धता दिएको र वर्खे अधिवेशन सुरु हुँदा सम्म पनि केही नगरेको भन्दै कांग्रेस सांसदहरुले संसद अवरुद्ध पारेका हुन् ।
कृषिमन्त्री दावा दोर्जे लामाले जलचर संरक्षण सम्बन्धि बनेको विधेयक प्रस्तुत गर्न जानेक्रममा प्रतिपक्षि दल कांग्रेसका सांसद इन्द्रबहादुर बानियाले बैठक अवरुद्ध गरेका थिए । लगत्तै प्रदेश सरकारका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश राजधानीको विषयमा सरकारले पनि तयारी गरिरहेको जनाए ।
सांसदले राजधानीको विषय नटुंग्याएसम्म संसद अधिवेशन चल्न नदिने चेतावनी दिएको छ । सोमबार देखि सुरु भएको बर्षे अधिवेशन कांग्रेस सांसदले अवरुद्ध गर्दा स्थगित गरिएको छ ।