टेलिभिजन अन्तर्वार्ताको बिषयलाई लिएर उत्तेजित नहुन कार्यकर्तालाई निर्देशन
काठमाडौं – समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव माथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको व्यवहारको विषयलाई लिएर एभिन्युज टेलिभिजनको कार्यलयमा तोडफोड भएपछि विज्ञप्ति प्रकाशित गरी उत्तेजित नहुन कार्यकर्तालाई निर्देशन गरिएको छ ।
टेलिभिजनको विरगन्जस्थित कार्यालयमा सोमबार तोडफोड भएको छ । केन्द्रीय उपमहासचिव प्रकाश अधिकारीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी एवं आमकार्यकर्तालाई निर्देशन गरेका छन् ।
अन्तर्वार्ताका क्रममा सञ्चारकर्मीको अभद्र र पूर्वाग्रही प्रस्तुतिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । पत्रकारिता जगतलाई सम्मानित र मर्यादित बनाउन सञ्चारगृह, सञ्चारकर्मी र प्रेस काउन्सिल सहित नियमन गर्ने सम्पूर्ण निकायलाई अपिल समेत गरिएको छ ।