लण्डनमा बुद्ध जयन्ती भव्य रुपमा मनाइयो
लण्डन – बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो । बौद्धधर्म गुरु धरम गुरुङले बुद्ध पूजा गरेर कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए ।
बेलायतका बिभिन्न सरहबाट नेपाली समुदायको बाक्लो उपस्थित रहेको कार्यक्रममा शान्तिदीप प्रज्वलन, धार्मिक पूजा, गौतम बुद्ध र लुम्बिनी सम्बन्धी सन्देशमुलक प्रस्तुति देखाइएको थियो। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले आयोजित कार्यक्रममा नेपाली कला सांस्कृतिक झल्किने झाँकी समेत प्रस्तुत गरिएको थियो ।
बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, रसमोर काउन्सिलका मेयर पउल टेलर, ब्रिटिश संसद वीरेन्द्र शर्मा, बेलायतका लागि कुवेतका राजदूत खालिद अबुल्लाज अल दुवाइसन, एनआरएन युकेका अध्यक्ष, योग कुमार फगामी लगायतले बुद्ध दर्शनका बिभिन्न पक्षमा आआफ्ना भनाई राखेका थिए ।
नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ युकेको सहकार्यमा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपचान्सलर हिरण्यरत्न बज्राचार्य रहेका थिए । कार्यक्रममा वेलायतस्थित नेपाली संघसंस्था, डुराम विश्वविद्यालयका प्राध्यापक रविन कनिंगहमले बौद्धदर्शन र लुम्विनीको बारेमा प्रकाश पारेका थिए ।
बौद्धगुरु धरम गुरुङले बुद्ध पूजा गरेर कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रमका साथै बुद्ध दर्शको महत्व र ऐतिहासिक पक्षबारे विचार विमर्श गरेका थिए। बेलायतका बिभिन्न सरहबाट नेपाली समुदायको बाक्लो उपस्थित रहेको कार्यक्रममा शान्तिदीप प्रज्वलन, धार्मिक पूजा, गौतम बुद्ध र लुम्बिनी सम्बन्धी सन्देशमुलक प्रस्तुति देखाइएको थियो। नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उदेश्यले आयोजित कार्यक्रममा नेपाली कला सांस्कृतिक झल्किने झाँकी समेत प्रस्तुत गरिएको थियो ।
कनिंगहमले दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष अनुसन्धान गरेका छन्। समारोहमा फुलको आँखामा, रेसम फिरीरी, तितेकरेली, सय बाजा एउटै ताल, यो नेपाली शिर उचाली, जहाँ छन बुद्धका आँखा लगायतका नेपाली राष्ट्रियता झल्काउने लोकप्रिय गीत प्रस्तुत गरिएको थियो ।