आइपिएल : मुम्बईले पायो ३२ कराेड, क-कसले के पाए ?

तामसालिङ खबर
३० बैशाख २०७६, सोमबार ०६:४४

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले फाइनलमा चेन्नईलाई तेस्रो पटक पराजित गर्‍यो । अन्तिम बलमा १ रनको रोमान्चक जित निकालेको मुम्बईले २० करोड भारतीय रुपैयाँ अर्थात ३२ करोड नेपाली रुपैयाँ प्राप्त गर्‍याे । उपविजेता बनेको चेन्नई भने १२ करोड ५० लाख भारु प्राप्त गर्‍यो ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक रन बनाएका डेविड वार्नरले अरेन्ज क्याप जिते । उनले १२ खेलमा ६९२ रन रन जोड्न सफल भएका थिए। वार्नरले अरेन्ज क्याप जितेसँगै लगातार तेस्रो सिजन यो उपाधि विदेशी खेलाडीको नाममा रह्यो ।

आईपीएलमा दोस्रो पटक स्पिनरले पर्पल क्याप जिते। चेन्नईका इमरान ताहिरले पर्पल क्वाप जिते। उनले २६ विकेट हात पार्न सफल भए । वार्नर र ताहिरले १०–१० लाख प्राप्त गरे।

कस्ले के पाए (सबै रकम भारुमा)
परफेक्ट क्याच अफ द सिजन : क्यारन पोलार्ड- १० लाख
स्टाइलिस प्लेयर अफ द सीजन : लोकेश राहुल- १० लाख
गेम चेन्जर अफ द सिजन : राहुल चाहर- १० लाख
इमर्जिङ प्लेयर अफ द सीजन : शुभम गिल – १० लाख
पर्पल क्याप (सर्वाधिक विकेट) : इमरान ताहिर- १० लाख
अरेन्ज क्याप: डेभिड वार्नर (सर्वाधिक बढी रन)- १० लाख
मोस्ट भ्यालुएबल प्लेयर अफ द इयर : आन्द्रे रसेल- १० लाख
सुपर स्ट्राइकर अफ द सिजन : आन्द्रे रसेल- कार र ट्रफी
फेयर प्ले अवार्ड : सनराइजर्स हैदरावाद
ट्रफी फास्टेस्ट फिफ्टी: हार्दिक पान्ड्या (कोलकताविरुद्ध १७ बलमा ५० रन)- १ लाख
वेस्ट ग्राउन्ड (७ खेल बढीमा) : हैदराबाद- ५० लाख
वेस्ट ग्राउन्ड (७ भन्दा कम खेलमा) : पन्जाब – २५ लाख

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*