तिन नम्बर प्रदेशको निर्बाचन क्षेत्रमा ५० करोड सम्मको योजना
हेटौंडा – तिन नम्बर प्रदेशको नीति तथा योजना आयोगले आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट तयार गर्नका लागि प्रदेश सभाका ६६ वटै निर्वाचन क्षेत्रमा अन्तरकृया र छलफलबाट बजेट तयार गर्ने भएको छ ।
प्रदेश सभाको प्रत्येक निर्बाचन क्षेत्रबाट १० करोड रुपैयाँ भन्दा माथी ५० करोड भन्दा कम रकम पर्ने एउटा योजना छनौट गर्नुपर्ने मापदण्ड बनाइएको छ । त्यसैगरी ५० लाख भन्दा माथी १० करोड भन्दा कम रकमको तीन वटाका दरले आयोजना छनौट गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।
प्रदेशसभाका प्रत्यक्ष निर्बाचित सदस्य, समानुपातिक सदस्य, संघिय सांसद, जिल्ला समन्वय सहित स्थानीय तहका प्रमुख, पदाधिकारी र प्रमुख प्रशासकिय प्रमुखको सहभागितामा योजनाको छनौट गरेर ल्याउनका लागि दुइदिने अन्तरक्रिया कार्यक्रम गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर खिमराल देबकोटाले बताउनुभयो ।