मनहरीको भुन्द्रुङमा पक्कीपुल बन्ने

तामसालिङ खबर
३० बैशाख २०७६, सोमबार १०:३३

हेटौडा (मनहरी) – मनहरी गाउपालिका वडा नम्बर तिन भुन्द्रुङ र हेटौडा १९ को बस्तीपुर जोड्ने राप्तिखोलामा पक्की पुल निर्माण गर्न आबश्यक बजेटको लागि भौतिक योजना तथा यातायात मन्त्रालयमा संसद लगायत जनप्रतिनिधिहरु पुगेका छन् ।

पक्कीपुल निर्माणको लागि आवश्यक बजेट विनीयोजनका लागि प्रतिनिधी सभाका सदस्य रामनारायण बिडारी, प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य ओम घलान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती भौतिक योजना तथा यातायात मन्त्रालयमा पुगि स्थानियहरुको समस्य समाधानका लागि आग्रह गरेका थिए ।

समस्याको बारेमा मन्त्रालय सरारात्मक रहेको र स्थानिय सरकार गठन पहिले नै उक्त स्थानमा पक्की पुल निर्माणका लागि डिपीआर सम्पन्न भइसकेका कारण पुल निर्माणमा कुनै समस्य नरहेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

पक्का पुलको अभाबका कारण मनहरी ३ का स्थानिहरु बर्षको समयमा आवतजवतका गर्न कठिन भइरहेको वडा नम्बर ३ का अध्यक्ष मान बहादुर स्याङतानले बताए ।

पुल अभावकै करण उक्त स्थानमा उत्पादन भएका बिभीन्न कृषीजन्य बस्तुहरुको बजारीकारणमा पनि समस्य आइरहेको छ । तरकारी पकेट तथा आर्गनिक तरकारी उत्पादन क्षेत्र भएकाले उत्पादित तरकारीहरु कठमण्डौ नारायणगढ , पोखरा लगायत अन्य स्थानमा तरकारी निर्यात गर्न कठिनाइ भैरहेको स्थानियहरुले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*