संघिय संसदबाट पास भए, मनहरी ४ का बस्ती स्थानन्तरण हुने

तामसालिङ खबर
३० बैशाख २०७६, सोमबार १०:२३

हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ४ मा रहेको बाढी पहिरो प्रभावितहरुको बस्ती स्थानन्तरणको लागि गाउपालिकाले कदम चलेको छ । २०७४ सालको विनासकारी बाढी पहिरोबाट प्रभाबित ३ सय ६५ घर धुरीको बस्ती बर्षको समयमा अति जोखिममा परेका कारण बस्ती स्थानन्तरणको कदम चालेको हो ।

गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गत चिसापानी, चारपाखा, लामा पाखा र अजिंगरेका बसिन्दहरु बढी जोखीममा रहेका छन । स्थानिय पिडीत तथा स्थानिय जनप्रनिधीहरुको छलफलमा सुरक्षाको हिसावको ट्वाङग्र कबुलियति वन तथा कालिदमार पुच्छकारको खालि स्थानमा स्थानन्तरण गर्न सहमति भएको गाउपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।

केन्द सरकारबाट उपयुक्तको अधारमा स्थानको छनौट भइसकेपछि मात्र स्थानका् टुङगो लाग्ने मनहरी ४ का अध्यक्ष धुर्ब खड्काले जानकारी दिए । पर्सा राष्ट्रिया निकुञ्ज संग जोडिएका कारण यो विषयमा संसदबाट पास भएर आए पछि मात्रै कार्य हुने वडा अध्यरक्ष खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*