मसिनेको पशुपतिनाथ माबिमा अग्रेजी मध्यममा अध्यापन
हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक बिद्यालयमा नया शैक्षिक सत्रबाट अंग्रेजी माध्यमबाट कक्षा सञ्चालनमा आएको छ ।
पछिल्लो समयको अभिभावकहरुमा निजी बिद्यालयमात्र मात्र पढाई राम्रो हुने गलत ब्याख्या भएका त्यसको अन्त्यका गर्नको लागि बिद्यालयले अंग्रेजी माध्यामबाट कक्षा सुरु गरेको बिद्यालयमा प्राधानध्यापक भानुभक्त आचार्यले जानकारी दिए ।
यो बर्ष देखि नर्सरी तथा एलकेजीको कक्षामा ३० जना बिद्यार्थी अध्यायन गरिरहेका प्रधानध्यापक आचार्यले जानकारी दिए । अंग्रेजी माध्यमको कक्षा सञ्चालनको गरेको पहिले वर्षमै बिद्यार्थीहरुको सहभागीता आफुहरु निकै उत्साह रहेको प्रधानध्यापक आचार्यले बताए ।
सामुदायिक बिद्यालयमा पनि विना शुल्क राम्रो अंगेजी माध्यमको शिक्षा हासिल गर्न सक्ने भएकाले सम्पुर्ण अभिभावकहरुलाई मंहगो शुल्क तिरेर निजी बिद्यालयमा पढाउनु भन्दा सामुदायिक बिद्यालयमानै पढाउन आग्रह गरे ।
शैक्षिक शत्रबाट केही अनुभव हुने भएकाले आगामी शैक्षिक सत्रबाट भने अझै परिस्कृत ढंगले कक्षाहरु सञ्चालन गरिने समेत बताए ।