७ वर्षिया बालिकाको जीवन बचाईदिन सहयोगको अपिल

तामसालिङ खबर
२७ बैशाख २०७६, शुक्रबार २२:३९

चितवन,बैशाख । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २४ ध्रुवनगर निवासी सात बर्षीया बालिका दिबिशा विश्वकर्मामाथि ठूलो बज्रपात आईपरेको छ । उनी अहिले जीवन मरणको दोसाँधमा छिन् । कलिलै उमेरमा रक्त क्यान्सरको समस्या देखिएपछि बालिकालाई बचाउनका लागि आवश्यक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

भारतको नयाँ दिल्लीमा उपचारत दिबिसालाई आर्थिक अभावको कारण उनको परिवारले पनि उपचार गराउन नसक्ने अवस्थामा छन् । आर्थिक समस्या परेका कारण सहयोगको लागि परिवारले सबैसँग आग्रह गरेका छन् । उनको उपचारको लागि भनेर उनका बाबा नेत्रबहादुर बिक वैदेशिक रोजगारबाट छुट्टी लिएर आएका छन् । नयाँदिल्लीको आयम्स हस्पिटलमा अहिले उनको उपचार भइरहेको छ । छोरीको उपचारमा डाक्टरले करिब २५ लाख भन्दा बढी खर्च लाग्छ भनेको बताउँदै नेत्रबहादुरले आफूसँग त्यत्रो पैसा नभएको भन्दै सबैलाई सहयोगका लागि याचना गरेका छन् ।

उपचारमा सहयोग गर्न चाहनेहरुले नेत्रबहादुर बिकको ग्लोबल आइएमईं बैंकमा रहेको खाता नम्बर ३३०९०१२९००३४८ मा रकम जम्मा गर्न सकिनेछ भने ९९१०४३६२८२ नम्बरमा सम्पर्क गरेर पनि सहयोग गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*