संसदीय पत्रकार मञ्च गण्डकीको टोली हेटौँडामा

तामसालिङ खबर
२७ बैशाख २०७६, शुक्रबार २२:२१

हेटौँडा, वैशाख । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकारहरुको टोली विभिन्न प्रदेशहरुको भ्रमणको क्रममा प्रदेश ३ को हेटौँडा आइपुगेको छ ।
मञ्चका सचिव विशन क्षेत्रीको नेतृत्वमा शुक्रबार हेटौँडा आएको गण्डकी प्रदेशको टोलीले प्रदेश ३ को प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी लिएको छ ।

प्रदेश ३ को प्रदेश सभा सचिवालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा प्रदेश सभाका सचिव रामशरण घिमिरेले गण्डकी प्रदेशको पत्रकार टोलीलाई प्रदेश सभाको गतिविधिहरुको बारेमा जानकारी गराउँदै प्रदेश सभा सचिवालयलाई व्यवस्थित गर्ने काम भईरहेको बताउनुभयो । उहाँले प्रदेशको स्थायी राजधानी राजनीतिक विषय भएको भन्दै स्थायी राजधानी नतोक्दा संरचना निर्माणमा ढिलाई भएको छ भन्नुभयो । प्रदेश सभा सचिवालयमा भएको कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश ३ का अध्यक्ष राममणि दाहालले गण्डकी प्रदेशका पत्रकारहरुको स्वागत गर्दै प्रदेश ३ मा भईरहेको संसदीय रिपोर्टिङ्गको अवस्था र चुनौतीको बारेमा जानकारी गराउनु भएको थियो ।

उहाँले प्रदेश राजधानी नतोक्दा अस्थायी मानसिकताका कारण काम नभएको र प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर रहेको बताउनुभयो ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका सचिव क्षेत्रीले संसदीय पत्रकारिता रिपोर्टिङ्गको अनुभव आदान प्रदान गर्न अध्ययन भ्रमण गरिएको भन्दै गण्डकी प्रदेश सभाले हालसम्म गरेका कामको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश सभामा पेस भएको विधेयकहरु, काम कार्वाही, प्रदेश सभाको प्रकाशनहरु विधेयक संग्रह र प्रदेश सभा दपर्णका बारेमा जानकारी गराइएको थियो ।

छलफल कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश ३ को कार्यसमिति सदस्यद्धय सुदीप शिवाकोटी, अशोक सुजन श्रेष्ठ र संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकार टोलीका सदस्यलगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको पत्रकार टोलीले यसअघि प्रदेश १ र २ को प्रदेश राजधानीको अध्ययन भ्रमण गरी हेटौँडा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*