मिस नेपालमा रोज लामालाई २ वटा अवार्ड, अरु क-कसले के-के जिते

चन्द्र घलान
२६ बैशाख २०७६, बिहीबार २१:५८

हेटौडा – मिस नेपाल २०१९ को फाईनल यतिखेर किर्तिपुरको ल्याब्रोटरी स्कूलमा हुँदैछ । भर्खरै भएको अवार्ड घोषणा कार्यक्रममा काठमाडौँ जोरपाटीकी रोज लामाले दुई वटा अवार्ड जितेकी छिन् । उनले बर्जर मिस ग्लामर २०१९ र क्रियटिभ दि स्टुडियो मिस फोटोजेनिक अवार्ड जितेकी हुन् । उनी अहिले सेमिफाईनलमा भिड्दै छिन् ।

काठमाडौँ जोरपाटीकी स्थायी निवासी रोज लामा २० वर्षकी छिन् । उनी ५ फिट ६ ईन्च उचाईकी छिन् । क्यालोफोर्नियामा बस्ने नेपालीहरुमाझ भएको मिस नेपाल क्यालेफोर्निया २०१७ की बिजेता समेत बनिसकेकी रोज लामाले गोल्ड स्टार मिस एथलेट अन्तर्गत भएको सटपुट प्रतियोगितामा रोजले तृतिय स्थान हासिल गरेकी थिईन् ।

त्यस्तै ह्युन्डाई मिस फ्रेण्डसिप २०१९ न्यान्सी बोगटी र लिभोन मिस ब्युटीफुल हेयर २०१९ मिरा कक्षपतिले जितेकी छिन् । त्यस्तै दि कमाठमाण्डु पोष्ट मिस इन्टेलेक्चुअल २०१९ अनुष्का श्रेष्ठ र गोदरेज नम्बर वन मिस बेष्ट न्याचुरल स्किन २०१९ जेनी महर्जनले जितेकी छिन् । फाईनल अझै जारी छ । हेर्नुहोस् प्रत्यक्ष प्रसारण–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*