प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि आज प्रस्थान गर्दै

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार १२:५३

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको ६ दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दैछन । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणमा ओली त्यसतर्फ जान लागेका हुन ।

प्रधानमन्त्रीको पहिलो भ्रमण भियतनामबाटै सुरू हुनेछ । प्रधानमन्त्री ओली वैशाख ३० गतेसम्म भियतनाम रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने बताइएको छ । प्रधानमन्त्री वैशाख ३० गते भियतनामबाट कम्बोडिया प्रस्थान गर्नेछन । उनी आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा केही सञ्चारकर्मी रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*