अस्थायी शिक्षकलाई बिदाई गरिने- मन्त्री पोखरेल

तामसालिङ खबर
२६ बैशाख २०७६, बिहीबार १२:०४

काठमाडौं – सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पस्ट पारेको छ । प्रतिनिधिसभा अन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने स्पस्ट पारे ।

उनले एकपटक लिइएको परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्रभित्रै सम्मानका साथ बिदाइ गर्ने बताए । सरकारले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एकपटक परीक्षा लिएको भन्दै अब पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलको तर्क छ ।

उनले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गर्न व्यावहारिकसमेत नहुने पनि जिकिर गरे ।

अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित बिदाइ गर्न सरकार लागिपरेको उनको भनाइ थियो । बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत् अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*