जम्बो टोलि सहित प्रधानमन्त्री भियतनाम र कम्बोडियाको भ्रमणमा जाँदै

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार १७:२२

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार जानु हुने भएको छ ।

परराष्ट्र अधिकारीका अनुसार बिहीबार अपरान्ह ३ बजे नेपाल वायुसेवाको चार्टड सेवाबाट हनोइतर्फ उड्ने प्रधानमन्त्री ओली सुरुवातको चार दिन भियतनाम र त्यसपछिका ३ दिन कम्बोडियामा रहनेछन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई छन् ।

कम्बोडियास्थित गैर आवासीय नेपाली संघका प्रतिनिधि शिवराज पराजुलीका अनुसार कम्बोडियामा क्यासिनो, रेष्टुरा तथा अन्तर्राष्ट्रिय संघसंस्थामा गरेर ३ सय जति नेपाली छन् भने भियतनाममा शिक्षण पेशा र होटल-व्यवसाय गरेर ५० जति नेपाली छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*