जेष्ठ अन्तिममा हुने भो, ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (विज्ञप्ति सहित)

तामसालिङ खबर
२५ बैशाख २०७६, बुधबार ०७:४०

काठमाडौं –    तामाङ अन्तर्राष्ट्रि महोत्सव यहि बैशाख २६ र २७ गते नेपाल पर्यटन बोर्डमा तय गरिएको महोत्सब समय पर्याप्त नभएको भन्दै सारिएको छ । आयोजकले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै समय परिवर्तन भएको जानकारी गराएको छ ।

आयोजकका अनुसार आन्तरिक तयारीका लागि समय अपर्याप्त भएको र महोत्सव अझै बृहत ढंगले गर्ने गरी आगामी जेठ २९ र ३० (जून १२ र १३) गते राष्ट्रिय सभा गृहको हलमा हुने उल्लेख गरेको छ । महोत्सवलाई थप स्पष्ट पार्ने गरी नाममा पनि संशोधन गरिएको छ । ‘चलचित्र महोत्सव विधागत रुपमा भिन्न भएको स्पष्ट पार्दै ‘तामाङ अन्तराष्ट्रिय इन्डीपीन्डेन्ट चलचित्र महोत्सव–२०१९’ का रुपमा राष्ट्रिय सभागृहको हलमा गर्ने विज्ञप्तीमा उल्लेख छ ।

महोत्सवमा तामाङ सौन्दर्य, जीवनशैली र ज्ञान परम्परा झल्किने एवं तामाङ समुदाय संगमा प्रत्यक्ष सरोकार राख्ने विषयबस्तुमाथि बनेका तामाङ फिल्म, डकुमेन्ट्री र छोटो फिल्म समेट्दै छ । महोत्सवको आयोजना तामाङ भ्वाइस, सेलो फाउण्डेशन र एससीआरसीले गर्न लागेको हो ।

महोत्सवप्रति चासो व्यक्त गर्ने नेपाल तामाङ घेदुङ, तामाङ चलचित्र संघ लगायत विभिन्न संघसंस्थाहरुले पनि आ- आफ्नो तवरबाट सहयोग गर्ने सकरात्मक रहेको भन्दै तामाड समुदायको सद्भावपूर्ण सहयोगको अपेक्षा समेत रहेको आयोजकले बताएको छ ।

बिज्ञप्ति हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*