बिश्वकप लिग-२ को खेल तालिका सार्बजनिक

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार २०:३७

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पुरुष विश्वकप लिग-२ को पहिलो चरणको ८ वटा सिरिजको खेल तालिका मंगलबार सार्वजनिक गरेको छ । भारतमा आयोजना हुने सन् २०२३ को विश्वकपको छनौटको लागि अगस्ट २०१९ देखि प्रतियोगिता सुरु हुँदैछ ।

बिश्व कप लिग-२ मा नेपाल सहित स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्युगिनी, अमेरिका र ओमान गरि ७ राष्ट्र सहभागी हुनेछन् । ७ राष्ट्रले बिश्वकप लिग-२ अन्तर्गत २०१९ देखि २०२१ सम्म कुल १२६ खेल खेल्नेछन् जसमा एउटा राष्ट्रले कुल ३६ खेल खेल्नेछ ।

७ टिम मध्ये उत्कृस्ट ३ टिमले सन् २०२२ मा आयोजना हुने आईसीसी बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ । तल्लो स्थानमा रहे ४ टिमले भने बिश्वकप छनौट प्ले-अफ खेल्न पाउनेछ जुन प्रतियोगितामा उत्कृस्ट २ भए बिश्वकप २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ । २०२३ को एकदिवसीय बिश्वकपमा कुल १० टिमले मात्र सहभागिता जनाउने आईसीसीले घोषणा गरिसकेको छ ।

नेपालको खेल तालिका
नेपालले विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो सिरिज आगामी वर्ष फेब्रुवरीमा पहिलो सिरिज नेपालमै खेल्नेछ । टियु मैदानमा हुने उक्त सिरिजमा नेपाल, अमेरिका र ओमान सहभागी हुनेछन् । यस्तै दोश्रो सिरिज नेपाल, नामिबिया र स्कटल्याण्ड बीच नाम्मिबियामा २०२० अप्रिलमा आयोजना हुनेछ । ५ देखि १२ फेब्रुवरी २०२० मा आयोजना हुने पहिलो सिरिजमा कुल ६ खेल हुनेछ । ३ वटै टिमले एक अर्का बिरुद्ध २/२ वटा खेल खेल्नेछन्।

बिश्वकप सुपर लिगबाट सिधै छनौट हुन असफल ५ टिमले २०२२ बिश्वकप छनौट प्रतियोगिता खेल्नेछ। २०२२ विश्वकप छनौटमा नेपाल सहभागी आईसीसी बिश्व कप लिग-२ बाट आएका ३ टिम तथा बिश्वकप छनौट प्लेअफबाट आएका २ टिम समेत गरि कुल १० टिम खेल्नेछन्। जसबाट उत्कृस्ट २ टिमले २०२३ को पुरुष एकदिवसीय विश्वकप खेल्नेछ।

यस्तो छ २०२३ बिश्वकप छनौट हुने बाटो

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*