श्रीमतीको हत्या गर्ने थिङलाई १० वर्ष कैद

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार ०८:५८

हेटौडा (थाहानगर) – श्रीमतीको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले थाहा नगरपालिका वडा नम्बर ५ नलिवनका ५२ वर्षीय गणेश थिङलाई १० वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको सोमबार बसेको इजलाशले ४७ वर्षीय श्रीमती साहिलीमाया बल थिङको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । २०७५ असार २८ गते राति छिमेकीको भोज खाएर आएका थिङले सुतिरहेकी श्रीमतीलाई ओछ्यानमै काठले हिर्काएर हत्या गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*