डिभी चिठ्ठाको रिजल्ट मंगलबार सार्वजानिक हुने

तामसालिङ खबर
२३ बैशाख २०७६, सोमबार २०:२६

काठमाडौं – सन् २०२० को लागि अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा बैशाख २४ गते मंगलबार सार्वजनिक हुने भएको छ । अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो ।

डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले ल्याउने उक्त कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।

यसको नतिजा ww.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*