६४ किलो गाँजा सहित हेटौडामा एम्बुलेन्स नियन्त्रणमा
हेटौंडा – प्रदेश न. ३ को अस्थायी राजधानी हेटौंडाबाट ६४ किलो लागूऔषध गाँजा सहित भारतिय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरले आईतबार बिहान हेटौँडा उपमहानगरपालिका १५ लच्कास्थित सडक खण्डबाट लागुऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरीक्षक अरुण कुमार कुशवाहको कमाण्डको गस्ती टोलिले शंकास्पद रुपमा रोकी राखेको भारतीय बिआर ०५ पि ५६०५ नम्बरको एम्बुलेन्स चेक गर्ने क्रममा ड्राईभरको सिटपछाडी लुकाई राखेको ६४ किलो लागुऔषध गाँजा फेला परेको हो ।
उक्त एम्बुलेन्स सहित गाँजा नियन्त्रणमा लिईएको छ भने एम्बुलेन्सको चालक खोजतलास तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।