विद्यार्थीलाई सहुलियतमा ग्याँस उपलब्ध गराउन एकहप्ते अल्टिमेटम
काठमाडौ – सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।
अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले आईतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन् ।
विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । उनले एक हप्ताभित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिए ।
यता, नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताएका थिए ।
उनले विगतमा गरिएका सहमति हेर्ने र विद्यार्थीहरुको सोसम्बन्धि माग सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन पनि दुवै विद्यार्थी संगठनका नेताहरुलाई दिएका थिए ।