भारतीयले नागरिकता लिएको भन्दै मकवानपुरमा उजुरी

तामसालिङ खबर
२२ बैशाख २०७६, आईतवार १९:४३

हेटौँडा – भारतीय नागरीकले नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी परेको छ । पाँच जना भारतीय नागरीकले आफ्नो नाम, ठेगाना ढाँटेर नेपाल नागरीकता लिएको भन्दै उजुरी परेको हो ।

भारतको बिहार पूर्वी चम्पारण अञ्चल रामगढवा प्रखण्ड रामगढवा डाकभर आमोदेई ग्राम पन्चायत रघुनाथपुर घर भएका ५ जनाले, हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ बस्ने इव्राहिम अंसारीको छोरा बनी नेपाली नागरिकता प्राप्त गरेको भन्दै पर्सा जिल्ला बसडिल्ला वडा नम्बर ७ बस्ने उसमान अन्सारीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् ।

उनीहरुको नागरिकता खारेज गरी आवश्यक कारबाहीको माग समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*