मिस नेपाल २०१९ को प्रतियोगीलाई यसरी भोट गरौँ
हेटौडा – मिस नेपालको २५ औँ सँस्करणको फाईनल मे ९ तारिखमा गरिँदै छ । मिस नेपालको फाईनल नजिकिएसँगै अहिले मिस नेपालका उत्कृष्ट २५ जना प्रतियोगीहरु विभिन्न विधाका लागि प्रतिस्पर्धामा छन् । उत्कृष्ट २५ मा परेकाहरुले मिस एथलेट, फेस अफ फ्यासिनो, मिस ग्ल्यामर लगायतका उपाधिमा प्रतिस्पर्धा गरिरहेका छन् ।
यसैबिच मिस नेपालको फाईनलमा पुराउन सक्ने अर्को प्रतिस्पर्धा ‘मिस पपुलर च्वाईस’ का लागि अहिले बिप म्यासेञ्जरबाट भोटिङ भईरहेको छ । मिस पपुलर च्वाईस जितेमा प्रतिस्पर्धीहरुमध्ये एक जना सिधै फाईनलमा पुग्ने छन् । यस भिडियोमा मिस पपलुर च्वाईस बनाउन कसरी भोट गर्ने भन्ने बारेमा चर्चा गरिएको छ । कृपया पुरा भिडियो हेरेर तपाईको विचार लेखिदिनु होला ।
मिस पपलुर च्वाईसमा भोट गर्नका लागि सर्वप्रथम मोबाईलमा बिप म्यासेन्जर डाउनलोड गर्नुपर्छ । त्यसका लागि गुगल प्ले स्टोर वा अन्य एपस्टोरहरुबाट बिप म्यासेञ्जर डाउनलोड गर्न सकिन्छ । तपाईको गुगल प्ले स्टोरमा गएर बिप म्यासेञ्जर टाईप गरेर सर्च गर्नुहोस् । र त्यसलाई इन्स्टल गर्नुहोस् । म्यासेञ्जर इन्स्टल गरिसकेपछि तपाईले ओपनमा क्लिक गर्नुहोस् र गेट बिप ईन मा क्लिक गर्नुहोस् । त्यसपछि प्राईभेसी पोलिसी आउँछ र त्यसमा कन्टिन्यूमा क्लिक गर्नुहोस् । त्यसपछि अलोमा क्लिक गर्नुहोस् र आफ्नो मोबाईल नम्बर हालेर आईडी खोल्नुहोस् ।
भिडियोमा देखाएजस्तै गरी तपाईको नम्बर हालेपछि नम्बर कन्फर्मेसन म्यासेज आउँछ र त्यसमा दिइएको ‘यस’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि भेसिफिकेसन कोडको लागि एकैछिन् पर्खनुहोस् । तपाईको मोबाईलमा भेरिफिकेसन कोड आउने बित्तिकै भिडियोमा देखाइएजस्तै गरी आफै त्यो कोड कपि हुन्छ र कोड हाल्ने ठाउँमा देखिन्छ ।
त्यसपचि ‘अलो’ मा क्लिक गर्नुहोस् । त्यसपश्चात तपाईले आफ्नो नाम लेख्नुहोस् । तपाई प्रोफाईल फोटो हाल्न चाहानुहुन्छ भने त्यो पनि हाल्नुहोस्, यहाँ हामीले प्रोफाईल फोटो हालेका छैनौँ । त्यसपछि ‘डन’ मा थिच्नुहोस् र डिस्कभर अप्सनमा जानुहोस् । यसरी डिस्कभरमा क्लिक गरिसकेपछि सबैभन्दा माथि भोट फर मिस पपुलर च्वाईस भन्ने मिस नेपालको लोगो सहितको फोटा ब्यानर देखापर्छ । त्यस ब्यानरमा क्लिक गर्नुहोस् र ओपन उईथ बिप मा क्लिक गर्नुहोस ।
त्यसपछि मिस नेपाल २०१९ भन्ने लिंक खुल्छ र त्यसमा तपाईले निशा पाठकदेखि क्रमश २५ जनाको फोटो सहितको भोटिङ लिंक देख्न सक्नुहुन्छ । उक्त भोटिङ लिंकमा गएर भोट भन्ने अप्सनमा थिच्नुभयो भने तपाईले भोट गरेको काउन्ट हुन्छ । यसमा उनीहरुको बायोग्राफी समेत दिइएको छ । हामीले थाहा पाए अनुसार तपाईले एक जना वा सबैलाई भोट गर्न सक्नहुन्छ । त्यसो गर्दा तपाईको भोट प्राप्त भएको म्यासेज पनि आउँछ । त्यस्तै एकै जनालाई पनि एकपटक भन्दा बढी भोट गर्न पाईन्छ । यसरी तपाईले आफुलाई मनपरेको प्रतियोगीको फोटोसँगै तल दिएको भोट भन्ने अप्सनमा भोट गर्न सक्नहुनेछ ।
बिप म्यासेन्जरमा गरिएको भोटको आधारमा उनीहरुमध्येबाट एक जना मिस पपलुर च्वाईस २०१९ बन्न सक्छन् र सिधै फाईनलको यात्रा तय गर्नसक्छन् । त्यसैले तपाईलाई मनपर्ने प्रतियोगीलाई जतिसक्दो भोट गर्नुहोस् । बिप म्यासेन्जरको डाउनलोड लिंक भिडियोको डिस्क्रीप्सनमा पनि राखिएको छ ।