चलचित्र महोत्सवले पहिचानको आन्दोलनलाइ थप टेवा पुर्याउछ – अध्यक्ष वाइबा
काठमाडौं – तामाङ समुदायको पहिचान र मौलिकताको आन्दोलनलाई ‘तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ थप टेवा पुर्याउने महोत्सबको अध्यक्ष बिगेन्द्र वाइबाले बताउनु भयो ।
शनिबार नागरिक खबर डटकमको य़ुट्युब टिभिमा भएको अन्तरबार्तामा सो भनाइ ब्यक्त गर्दै चलचित्रलाइ विश्व बजारमा प्रबर्द्धन गर्ने उदेश्यले महोत्सब गर्न लागिएको बताए ।
तामाङ आवाज, सेलो फाउण्डेशन र एससिआरसीको संयुक्त आयोजनामा वैशाख २६ र २७ गते महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । महोत्सवमा तामाङ समुदायको सांस्कृतिक, राजनीति, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिकतामाथि निर्माण गरिएको चलचित्रहरु प्रदर्शन गरिने बताइएको छ ।
महोत्सवले तामाङ समुदायको मौलिक प्रबर्द्धनमा स्वर्ण इतिहास निर्माण गर्नेछ, एवमरीतले भावीपिँढीलाई साँस्कृतिक ज्ञान हस्तान्तरणमा सहयोग मिल्ने महोत्सबको सयोजक मिनकुमार मोक्तानले बताए ।
महोत्सवका लागि चलचित्रहरुको छनोट भइसकेको आयोजकले जनाएको छ । महोत्सवबारे थप जानकारी महोत्सव आयोजक समितिका अध्यक्ष विगेन्द्र वाइबा र संयोजक कुमार मोक्तानसँगको नागरिक खबर डटकमको य़ुट्युब टिभिमा गरिएको कुराकानी हेर्नुस :