फोरम र नयाँ शक्तिबीच एकता हुने सहमति जुट्यो

तामसालिङ खबर
२१ बैशाख २०७६, शनिबार १८:०७

काठमाडौं– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले शनिवार सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

पार्टी एकताको घोषणासभा वैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा भएको छ । दुवै पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपालको अध्यक्षमा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै रहनेछन् । पाटीको पदाधिकारीमा नयाँ शक्तिका ९ जना र फोरमबाट १६ जना रहनेछन् ।

‘केही समयदेखिको व्यापक छलफल र विचार विमर्शपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने ऐतिहासिक सहमति भएको छ’ सहमतिपत्रमा भनिएको छ ।

समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्री असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने सहमतिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*