अपडेट: मनहरीको जैसिङमा तीनवटा ट्रक ठोक्कीदा १२ घाइते, एक उपचारको क्रममा मृत्यु (नामावली सहित)
हेटौडा (मनहरी) – हेटौडा नारायणगढ सडक खण्डमा अन्तर्गत मनहरी गाउपालिका वडा नम्बर ९ स्थित जैसिङ चौध माइलमा तिन वटा ट्रक एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन । एक जना उपचारको क्रममा भरतपुरमा मृत्यु भएको मनहरीबाट पत्रकार जयराम मोक्तानले जनाएको छ ।
हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौंडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन् । त्यस्तै नारायणगढतर्फबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाईते १३ जना मध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ की २५ वर्षिय निर्माला राईको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय मनहरीले जनाएको छ ।
दुर्घटनमा घाईते हुनेहरुमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का ३६ वर्षिया कृष्णमाया राई, सोहि स्थानमा बस्ने ५३ बर्षीय दिलमाया राई, २० वर्षिय शिला राई, मनहरी वडा नम्बर ६ का २६ वर्षिया कमला तामाङ, बर्ष २८ की धनमाया राई, बर्ष ५ का सनिल राई, हेटौडा उपमहानगरपालिका ८ कमाने निवासि १६ बर्षकी पुजा मुक्तान, धादिङ बस्ने बर्ष २० का सन्तोष बिडारी, कपिलबस्तु शिवराज नगरपालिका १ का १७ वर्षिय दिपक सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ना ६ ख ३३७४ नम्बरको ट्रक चालक रौतहट जिल्ला बस्ने बर्ष २७ को उमेस भुजेल र ना ६ ख ९७०७ नम्बरको ट्रक चालक दाङ बस्ने बर्ष ३५ को सरोज चौधरी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार ना ४ ख १९९२ नम्बरको ट्रक चालक भने फरार रहेका छन् । मनहरी ६ लोथरका इरान लामा भने सामान्य उपचार पछि घर फर्केका छन । एक ट्रकले अर्कोलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।