संघिय समाजबादी फोरम रामेछापको अध्यक्षमा सोनाम तामाङ चयन

तामसालिङ खबर
२० बैशाख २०७६, शुक्रबार २१:१४

मन्थली – संघिय समाजबादी फोरम नेपाल रामेछापको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । फोरमको जिल्ला समन्वय समितिको अध्यक्षमा पून: सोनाम ग्याबक तामाङ निर्बिरोध चयन भएका छन । शुक्रबार मन्थलीमा भएको भेलाले तामाङको नेतृत्वमा २२ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा राम बहादुर तामाङ र मित्रलाल तामाङ, सचिबमा प्रेमदिप सुनुवार, सह-सचिब सोनाम मोक्तान, कोषाध्यक्ष नेरुता मोक्तान चयन भएका छन । नबनिर्बाचित तामाङले भने, ‘पार्टीको बिचार र सिद्धान्त अनुसार पहिचानलाइ स्थापना गर्न प्रतिबद्धता रहेको बताए ।

त्यस्तै, सदस्यहरुमा दीप बहादुर योन्जन, पेसल तामाङ, सुबास योन्जन, बिनय लामा, प्रेम बहादुर तामाङ, हवाल सिङ तामाङ, रत्न बहादुर तामाङ, निर्मल पाठक, अनन्त पुलामी मगर, तुल बहादुर तामाङ, अन्जिसा सुनुवार, प्रदीप सुनुवार, पबित्र तामाङ, सुसिता घिसिङ , बाबुराम तामाङ, दान बहादुर सुनुवार लगायतका चयन भएका छन ।

संघिय समाजबादी फोरम नेपाल केन्द्रिय सदस्य आङकाजी शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य शंकर बसेल, केन्द्रिय निर्बाचन समिती सदस्य इन्द्र गोले तामाङ लगायत गाउँ र नगर समितिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*