नेपालमा चक्रवात ‘फानी’ को प्रभाब, हेटौडामा हावाहुरीको बितण्ड

तामसालिङ खबर
२० बैशाख २०७६, शुक्रबार १२:०१

हेटौडा – बंगालको खाडीबाट शुरु भएको शक्तिशाली ‘फानी’ आँधीको भारत हुदै नेपाल सम्म यसको प्रभाव देखिएको छ । हावाहुरी, मेघ गर्जन र चट्याङसहित फानीले वर्षातको प्रभाब हेटौंडामा समेत परेको छ ।

हेटौडामा करिब बिहान १० बजे देखि शुरु भएको फानीको प्रभाबले आकाश कालोनिला भई हावाहुरी सहित बर्षात गरेको छ । मौसविद्का अनुसार बंगालको खाँडीमा बनेको चक्रवात फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको छ ।

उक्त आँधीको असर विशेषगरी पूर्वी र मध्य क्षेत्रमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी नै नेपाल आउने होइन, यो कहिल्यै नेपाल आउँदैन,उनले भनिन्, ‘यसको प्रभाव मात्र पर्ने हो।’

मौसमविद पोखरेलका अनुसार फानी भारतको उडिसा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले नेपालका पूर्वी र मध्य क्षेत्रमा असर पर्ने भएको हो। फानीको प्रभावले पूर्व र मध्य क्षेत्रका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

उता पश्चिमी क्षेत्रमा पश्चिमी वायु सक्रिय भएका कारण त्यस क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् पोखरेलले जानकारी दिइन् । ‘अहिले पोखरादेखि पूर्व रूपन्देही,हेटौंडा, कपिलवस्तु लगायतका क्षेत्रमा हावाहुरी, चट्याङसहित पानी परिरहेको खबर आएको छ,’ उनले भनिन्, ‘अब केही समयपछि काठमाडौंमा पनि बदली हुने देखिएको छ।’

उता, भारतका आन्ध्र प्रदेश र तामिलनाडु राज्यमा पनि उच्च सतर्कता कायम गरिएको छ । उडिसास्थित मौसम केन्द्रका अनुसार उक्त राज्यका कम्तीमा ११ जिल्ला फानीबाट प्रभावित हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*