विप्लब नेतृत्वको नेकपा माओवादीको आह्वानमा बैशाख २३ गते नेपाल बन्द
काठमाडौं – विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते नेपाल बन्दको आह्वान गर्दै विज्ञप्ती जारी गरेको छ । मध्य केन्द्रिय कमाण्डका इन्चार्ज सगुनले बिहिबार जारी गरेको विज्ञप्तीमा प्रदेश नम्बर ३ र गण्डकी प्रदेशका जिल्ला पनि बन्द गरिने उल्लेख छ ।
हालको सरकारले जनता लक्षिक कुनैपनि काम गर्न नसकेको र जनताको आँखामा छारो हालिरहेको विज्ञप्तीमा उल्लेख छ । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् ।
जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलाप विरुद्ध सहयोग गरिदिन आह्वान गरेको छ । बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् बिज्ञप्तिमा भनिएको छ ।’