बैशाख २३ गते फोरम र नयाँ शक्तिबीच एकता हुने

तामसालिङ खबर
२० बैशाख २०७६, शुक्रबार ०६:५०

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच बैशाख २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी भएको छ । स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ ।

दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए । ‘हाम्रो स्तरमा छलफल टुंगिएको छ, भोलि शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाले अन्तिम रुप लिन्छ’ नयाँ शक्तिका एक नेताले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*