पूर्वसंसद समेत रहेका अमात्यले डुबायो, यी ब्यबसायीलाई २५ वर्षको सम्झौता ५ वर्षमै तोडियो

तामसालिङ खबर
१९ बैशाख २०७६, बिहीबार १४:४२

हेटौडा – मकवानपुरका ब्यवसायी सन्तबहादुर घलानले आफुलाई नेपाली कांग्रेसका नेता तथा ललितपुरकाबाट विजयी बनेका पुर्व सांसद मदन अमात्यले धोका दिएको बताएका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको अमात्यको जग्गा आफुलाई २५ वर्षसम्म भाडामा प्रयोग गर्न दिने सहमति गरेपनि पाँच वर्ष पुग्दानपुग्दै सहमति तोडेर आफुलाई निकै समस्यामा पारेको उनको भनाई रहेको छ ।

न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि घलानले आफुले नेता तथा समाजमा प्रतिष्ठा कामाएको ब्यक्तिको बचनलाई विश्वास गरेर ४० लाख रुपैँया भन्दा धेरै लगानी गरेर ९ वटा सटर सहितको संरचना निर्माण गरेको तर पाँच वर्ष वित्दा नवित्दै अमात्यले छलकपट गर्दै आफुलाई धोका दिएको उनको भनाई छ ।

गत २०६५ साल चैत्र २४ गते बबरमहल स्थित हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मेन रोडमा उनका पिता हरिबहादुर अमात्यको नाउँमा रहेको कित्ता नंबर १४३ को जगा क कठ्ठा साढे आठ धुर जग्गा ब्यवसायिक प्रयोजनको लागि जग्गामा न्युनतम २५ वर्ष लाई उक्त जग्गा भाडामा दिने, लिने सहमति बमोजिम होमनाथ गौतमको नाउँमा तीन वर्ष करार लेखि सहिछाप लिएको त्यसपछि पुन मेरो नाममा करार प्राप्त भएको तर पाँच वर्षपछि उनले नविकरण नगरी आफै भाडा उठाउने गतिविधिमा लागेको भन्दै घलानले आपत्ती ब्यक्त गरे ।

उनले आफुले निर्माण गरेको संरचनामा पुर्व सांसद समेत रहेका अमात्यले भाडा उठाएर खाएको र आफु विरुद्ध गद्धारी गरेको बताए । विगत ५३ महिनामा अमात्य आफुसँग सम्पर्कमा नआएको, सम्पर्क गर्न खोजदा समेत वास्ता नगर्ने भएको कारण उनले सम्झौता बमोजिमको हालसम्मको हिसाबकिताब तथा क्षतिपुर्ती पाउनुपर्ने माग समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*