बहिनी लिन गएका जन्ती दिदि लिएर फर्किए

तामसालिङ खबर
१८ बैशाख २०७६, बुधबार ०२:०४

दोलाखा – दोलखाको कालिञ्चोक गाउँपालिकामा बहिनी लिन गएका जन्ती टोलीले दिदि लिएर फर्केका छन् ।

तामझाम सहित बिहेको तयारी भइरहेको बेला बिहेले एक्कासि अर्कै मोड लियो १७ बर्षिय किशोरिको सामाजिक परम्परा अनुसार हुन लागेको बिबाह इलाका प्रहरी कार्यालय सिङ्गटीबाट खटिएको टोलिले बिबाहमण्डपमा नै पुगि रोकेपछी बिहेमा उपस्थित सबै चकित भएका थिए ।

जन्ती पनि रित्तै फर्किन अप्ठ्यारो हुने र बेहुली तिरकालाई पनि बिहे खल्लो हुने भएपछि सोहो घरकी बिहे गर्न उमेर पुगेकी माइली छोरिलाइ बेहुली बनाउने दुबै पक्षको सहमति भएपछि अर्कि छोरीलाइ बेहुली बनाएर बिबाह भएको थियो । शुरुमा माइली छोरी नै माग्न आएका बेहुलाले पछि कान्छी छोरी सग बिहे गर्ने भएका थिए ।

किशोर किशोरी दुबैलाइ उमेर नपुगी बिबाह गर्न नमिल्ने भन्दै दुबै पक्षका परिवार लाई बुझाएको र परिवारले पनि अब छोराछोरीको उमेर नपुगी बिबाह नगर्ने बताएको बोहोराले बताए ।

जिल्लामा प्रहरीको सक्रियता बढे सगै बालबिबाह रोक्न प्रहरी सफल हुँदै आएको छ। एकै दिन फरक फरक दुई गाउपालिकाको बालबिबाह रोकिनु प्रहरीको सफलता रुपमा मानिएको छ ।

२०७५ साल भाद्र १ गते देखि लागु भएको मुलुकी अपराध (संहिता) ऐनको दफा १७३ मा उल्लेख भएबमोजिम बीस वर्ष उमेर नपुगी विवाह गरे वा गराएमा भएको विवाह स्वतः बदर हुनुका साथै कसुर गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*